Top Ad 728x90

Bhajan 237: lau suna saathi satyako bandi: Nepali Classis folk hymn





भजन २३७
लौ
सुन साथी सत्यको बाणी यो तिम्रो लागि हो,
गरीब
धनी सबैको लागि जीवनको पानी हो ।
इश्वरको
पुत्र आएथे धरती कोहीले चिनेन
पापीलाई
मुक्तिदान दिन मरे यो कुरा बुझ लौ ।


माया र मोह बाँचुञ्जेल सम्म संसारमा दुई दिनको,
धर्म
र कर्म सबै व्यर्थ छन् यो तिमी बुझ लौ,
शिरमा
मुकुट काँडाको लाई झुण्डिए क्रुशमा
पापी
लाई मुक्ति दान दिन मरे यो कुरा बुझ लौ ।


बाँच्नलाई मान्छे सँधैनै खोज्छ जीवनको सहारा
पापको
बशमा डुबेको मान्छे एउटै छ किनारा
बाटो
र सत्य जीवन छ है, ख्रीष्ट येशू प्रभुमा


विश्वास
गरी हे मेरा साथी जीवन लेऊ उनैमा ।।

Top Ad 728x90